रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तोलास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको छ भने चालक २९ वर्षीय हरिभान खत्री घाइते भएका छन्।
प्रहरीका अनुसार नदुवाबाट राडीतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको नालामा खसेको थियो।
घाइते दुवैलाई जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो जहाँ चिकित्सकले झलकको मृत्यु घोषणा गरे।