Skip to content
नारायणघाट–बुटवल सडक मंसिर ५ र ६ गते राति ११ बजेदेखि बिहान ४ बजेसम्म दुबै रात बन्द रहनेछ।
नारायणी पुल नजिक गैंडाकोटतिरको सडक भागमा कालोपत्रे गर्नका लागि अस्थायी रूपमा सवारी रोकिएको हो।
बुटवलबाट नारायणघाटतर्फ आउने बस, माइक्रो, मिनिबस जस्ता यात्रुवाहक सवारी थुम्सी–भेडाबारी बीच रोकिनेछन्।
ट्रक र कन्टेनरजस्ता मालवाहक सवारी भने बेल्डिहा–प्रगतिनगर क्षेत्रमै रोकिने छन्।
नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक सवारी रामनगर–जुगेडी र केन्द्रिय बसपार्क–गोन्द्राङ क्षेत्रमा रोकिनेछन्।
मालवाहक सवारी भने जुगेडी–दासढुंगा र गोन्द्राङ–टिकौली बीचमै थुनिने व्यवस्था गरिएको छ।
Post Views: 119