नामी भिगो बोल्ड डिजाइन, स्मार्ट टेक्नोलोजी र शक्तिशाली फिचरसहित आएको एसयूभी हो, जसले यसलाई आफ्नो सेग्मेन्टमा अलगै बनाउँछ। मस्कुलर लुकका कारण यो सडकमा राखे पनि, चलाए पनि तुरुन्तै ध्यान खिच्ने प्रकारको छ।
यसको मुख्य विशेषता भनेको सेग्मेन्टमै पहिलोपटक आएको हेभन अर्थ टेलगेट हो—एक टचमै टेलगेट खोल्न–बन्द गर्न सकिन्छ।
साथै, वेलकम एण्ड मेमोरी सिटले पहिले सेट गरेको पोजिसन अनुसार सिट आफैं मिलाइदिन्छ, जसले हरेक पटक व्यक्तिगत र आरामदायी ड्राइभ अनुभव दिन्छ।
गाडी बाहिरै बसेर संगीत सुन्न वा माइकिङ गर्न मिल्ने एक्सटेरियर स्पिकर पनि एउटा उपयोगी फिचर हो। छिटो चार्जिङका लागि ३ फास्टचार्ज विकल्प पनि उपलब्ध छन्।
सुरक्षाका लागि लेवल–२ एडीएएस जस्तै लेन–किपिङ, एडाप्टिभ क्रूज कन्ट्रोल र कोलिजन अलर्ट जस्ता सुविधा छन्।
वायरलेस चार्जिङ, एडाप्टिभ हेडलाइट, ३६०–डिग्री क्यामेरा, हेडलाइट डिले–अफ र इन्टेलिजेन्ट एसीले प्रयोगकर्तालाई अझ सहज बनाउँछन्।
समग्रमा, नामी भिगो आधुनिक डिजाइन, लक्जरी सुविधा र भरपर्दो प्रदर्शन खोज्नेका लागि तयार पारिएको स्टाइलिश एसयूभी हो, जसले आफ्नो सेग्मेन्टमा ग्राहकको अपेक्षालाई नयाँ स्तरमा पुर्याएको छ।
Post Views: 133