बिगत लामो समयदेखी निरन्तर अटो पत्रकारिता क्षेत्रमा समर्पित भएर देशभर सेवा दिदै आईरहेको अटो नेपाल, मासिक पत्रिकाको प्रकाशक रोशनकुमार श्रेष्ठ छैंठौ जिनियस म्युजिक अवार्डद्धारा सम्मानित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँज्यूको आतिथ्यमा सम्पन्न भएको थियो ।
उहाँ अटो क्षेत्रमा मात्र नभएर अन्य समाजसेवा कार्यमा समेत निकैं सक्रिय रुपमा नैं निरन्तर लागिरहेका छन् भने लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डसका संस्थापक अध्यक्ष, अटो नेपाल, पत्रिकाको प्रकाशक तथा लायन्स इन्टरनेशनल, डिष्ट्रिक जेका कर्पोरेट कम्युनिकेशन चिफ लगायतमा हुनुहुन्छ ।
मैले गरेको योगदान र आफ्नो पेशागत कार्यप्रति समर्पणको मूल्यांकन स्वरूप प्राप्त सम्मान पाउनु मेरो लागि ठूलो गर्व र प्रेरणाको क्षण बनेको लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।