जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले विराटनगरमा अत्याधुनिक थ्रीएस शोरुमको औपचारिक उद्घाटन गरेको छ।
नयाँ शोरुमले नेपालभर एकीकृत र सुदृढ इभि नेटवर्क विस्तार गर्ने कम्पनीको लक्ष्यमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
यस सेन्टरले ग्राहकहरूलाई देशभरको समान प्रिमियम सुविधा, विस्तृत बिक्री परामर्श, प्राविधिक सेवा, र मूल स्पेयर पार्ट्स उपलब्ध गराउनेछ।
उद्घाटन समारोहमा नाडा कोशीका अध्यक्ष दिल्ली राम आचार्य, स्थानीय उद्योगी, व्यवसायी, विशिष्ट अतिथिहरू र सञ्चारकर्मीहरू उपस्थित थिए।
कार्यक्रममा गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी र अन्तरक्रियात्मक सत्रहरू आयोजना गरियो।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष श्री राजु भेटवालले भन्नुभयो – “विराटनगर सधैं नवप्रवर्तन र प्रगतिमा अग्रणी रहँदै आएको छ। नयाँ थ्रीएस शोरुममार्फत हामी ग्राहकलाई उत्कृष्ट सेवा र अत्याधुनिक प्रविधि उपलब्ध गराउँदै पूर्वी क्षेत्रमा सम्पूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम ल्याउँदैछौं।”
यस उद्घाटनले प्रोटोन ईमासको द्रुत विस्तार रणनीति बलियो बनाएको छ, जसअन्तर्गत नेपालका प्रमुख शहरहरूमा प्रिमियम इलेक्ट्रिक सवारी साधन र पेशेवर सेवाको पहुँच सुनिश्चित गरिएको छ।
कम्पनीले सफा, स्मार्ट र दिगो गतिशीलता नेपाली परिवारहरूले सहजै अपनाउन सकून् भन्ने लक्ष्यसहित आफ्नो यात्रा निरन्तर अघि बढाइरहेको छ।