देशव्यापी विस्तारको यात्रालाई निरन्तरता दिँदै, जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गतको प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड प्रोटोन ईमासले नारायणघाट, चितवनमा नयाँ ३एस शोरूम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ।
यसले ब्रान्डको नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
उद्घाटन कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे, उद्योगपति बल गोपाल चुके र अन्य गण्यमान्य व्यक्तित्वहरू सहभागी भएका थिए।
कार्यक्रममा प्रोटोन ईमास ७ को प्रदर्शन र ग्राहकसँग अन्तरक्रियात्मक सत्र पनि आयोजना गरिएको थियो।
नयाँ शोरूमले विक्री, सेवा र स्पेयर पार्ट्स एउटै स्थानमा उपलब्ध गराएर ग्राहकलाई पूर्ण इलेक्ट्रिक सवारी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालका अनुसार, नारायणघाट शोरूमले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई नजिक ल्याउनेछ।
शोरूमको स्थापना सँगै प्रोटोन ईमासले नेपालभर विद्युतीय सवारी सञ्जाललाई अझ सुदृढ बनाउँदै हरेक ग्राहकलाई विश्वस्तरीय ईभी स्वामित्वको अनुभव दिन प्रतिबद्धता जनाएको छ।