एनपीएलमा पल्सर बाइक पुरस्कार

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु–ह्विलर पार्टनर’ बनेको छ।

राजधानीमा भएको कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार एनपीएलका तीन उत्कृष्ट खेलाडी—सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान खेलाडी—लाई पल्सर N160 मोटरसाइकल पुरस्कारस्वरूप प्रदान गरिनेछ।

अभिमन्यु गोल्छाले पल्सर ब्रान्ड खेलकुद र युवा उर्जासँग सधैं जोडिने बताए भने क्यान सचिव पारस खड्काले सहकार्य नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको बताए। एनपीएल दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *