डिपल एस ओ फाइभ परीक्षण अनुभव

डिपलले नयाँ एस ओ फाइभ मोडेल प्रस्तुत गरेको छ, जुन सुविधा, डिजाइन र सुरक्षामा शक्तिशाली रहेको देखिन्छ।

यसको इन्टेरियर र फिचरहरु उच्च स्तरका छन् — जस्तै भेन्टिलेटेड सिट, मेमोरी फङ्सन, फ्रेमलेस डोर र फ्लस ह्यान्डल।

टेस्ट ड्राइभका क्रममा यो कार सहरी र अफरोड दुवैमा राम्रो प्रदर्शन देखायो। १७५ मिमि ग्राउन्ड क्लियरेन्स, ४९० लिटर लगेज स्पेस र ५६ किलोवाट ब्याट्री रहेको छ।

कम्पनी अनुसार फास्ट चार्जरले १५ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ।

नेपालमा यसको मूल्य प्लस भेरियन्टका लागि ४९ लाख ९९ हजार र म्याक्स भेरियन्टका लागि ५६ लाख ९९ हजार तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *