विद्युतीय यातायात प्रवर्द्धनका लागि सहकार्य

नेपालमा विद्युतीय सवारीसाधन बढाउन कुमारी बैंक र जिआइजेडबीच सम्झौता भएको छ।

यस सम्झौताले सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीलाई सजिलो ऋण सुविधा उपलब्ध गराई विद्युतीय माइक्रो र मिनीबस प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

यो परियोजना जिआइजेड नेपाल र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको संयुक्त पहलमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतका निकायहरूको सहकार्यमा सञ्चालन भइरहेको छ।

परियोजनाले करिब ३५ सय विद्युतीय मिनीबस सडकमा ल्याउने लक्ष्य राखेको छ, जसले सार्वजनिक यातायातलाई सफा, हरित र दिगो बनाउन मद्दत पुर्‍याउनेछ।

कुमारी बैंकले यसका लागि विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्टमा अनुदानको व्यवस्था गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *