नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) को टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेटघाट गरी नेपालको अटोमोबाइल क्षेत्रका समस्या र आवश्यकताबारे छलफल गरेको छ।
नाइमाका अध्यक्ष रितु सिंह बैद्यको नेतृत्वमा भएको टोलीले मन्त्रीलाई मन्त्रालय र यातायात विभागका क्षतिग्रस्त कार्यालयको पुनःनिर्माणमा पुर्याएको सहयोगको लागि आभार व्यक्त गरेको छ।
साथै, टोलीले हालसालै सरकारले व्यवसायमैत्री र उद्योगमैत्री गरिरहेका प्रयासको खुलेर प्रशंसा गरेको बताइएको छ।