एनएमबि ग्राहकलाई स्कुटर छुट

एनएमबि बैंकले आफ्नो ग्राहकहरुलाई याडिया इलेक्ट्रिक स्कुटर खरिद गर्दा विशेष छुट दिने योजना सुरु गरेको छ।

बैंकले “चाडपर्व अवसरमा” आधिकारिक वितरक कुजु नेपालसँग मिलेर यो प्रस्ताव ल्याएको हो।

ग्राहकले याडिया ब्रान्डको स्कुटर किन्दा रू ५,००० को छुट पाउनेछन्, जुन डिजिटल माध्यम — बैंकको कार्ड, मोबाइल बैंकिङ वा QR मार्फत भुक्तानी गर्दा लागू हुनेछ।

छुट पाइने व्यवस्था गर्नका लागि खरिद गर्नु अघि ग्राहकले सोरुमलाई जानकारी दिनुपर्ने पनि बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *