झापामा ओभरपास निर्माण सुरु

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति परियोजनाअन्तर्गत झापाका दुई स्थान चारआली र चारपानेमा ओभरपास निर्माण सुरु भएको छ।

सरकार एसियाली विकास बैंकको सहयोगमा राजमार्गलाई एसियाली राजमार्ग स्तरमा उन्नत बनाइरहेको छ।

चारआलीमा चोकबाट पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर ओभरपास बनाइँदैछ भने चारपानेमा पूर्वतर्फ २०७ मिटर र पश्चिमतर्फ ३०८ मिटर ओभरपास निर्माण हुनेछ।

विर्तामोडमा पनि योजना भएता पनि हाल निर्माण सुरु भएको छैन।

पूर्वी खण्डका ४५ किलोमिटर निर्माण कार्य इभरस्कोन कालिका जेभीले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का पाएको छ।

यस खण्डमा १८ साना र ३ ठूला पुल निर्माणाधीन छन् भने १४० वटा कल्भर्ट निर्माण हुनेछ।

योजनाअन्तर्गत काँकडभिट्टाबाट इटहरीसम्म १० ओभरपास निर्माण गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *