करण चौधरीको नयाँ आशा

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष तथा युवा व्यवसायी करण चौधरीले जेन जी आन्दोलनपछिको परिवर्तनले नयाँ आशा जगाएको बताएका छन्।

मानवीय र भौतिक क्षतिहरु पीडादायी भए पनि, अब विगतलाई छोडेर जिम्मेवारी लिएर अगाडि बढ्ने दिन आएको उनले बताए।

सामाजिक सञ्जालमा उनले लेखेका छन् कि अबको समय हाम्रो हातमा छ र नेपाललाई नयाँ उचाइमा पु¥याउने अवसर हो।

उनले सबै नागरिकलाई सचेत, अनुशासित र मातृभूमिको सेवामा समर्पित हुन अपील गरेका छन्।

करण चौधरीले थपे, “हिमाल सार्न जरुरी छैन, तर हरेक काममा आफ्नो पूर्ण प्रयास दिनु हाम्रो दायित्व हो।

मेरो हृदय र रगत राष्ट्रको सेवामा समर्पित हुनेछ। अब हाम्रो पालो हो, हामी मिलेर नेपाललाई उज्यालो र गौरवशाली बनाउनेछौँ। जय नेपाल!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *