काठमाडौं उपत्यकामा कर्फ्यु

काठमाडौं उपत्यकाका तीनै जिल्लामा जेनजी आन्दोलनलाई लक्षित गर्दै कर्फ्यु आदेश जारी गरिएको छ।

  • काठमाडौं: महानगरपालिकाको चक्रपथ क्षेत्रभित्र बालकुमारी पुलदेखि वाग्मती नदी पुलसम्मका क्षेत्रमा आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागु गरिएको छ। कर्फ्यु अनुसार यहाँ कुनै व्यक्ति आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पाउने छैन।

  • ललितपुर: केही क्षेत्रमा आज बिहान ७:०० बजे देखि राति १२:०० बजेसम्म कर्फ्यु लागू गरिएको छ। यसमा वडा नं. २, ४, ९, १८ र २५ का केही क्षेत्र समावेश छन्।

  • भक्तपुर: मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिका क्षेत्रमा बिहान ८:३० बजे देखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। यहाँ पनि आवतजावत र कुनै भेला, जुलुस, सभा वा प्रदर्शन गर्न निषेध छ।

तीनै जिल्लामा प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश लागू गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *