काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ विद्यार्थीप्रति eautonepal.com परिवारले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ ।
आन्दोलनको क्रममा काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको र ४२१ जना घाइते भएको तथ्य सार्वजनिक भएको छ । यी घटनाले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध र दुःखी बनाएको छ ।
eautonepal.com ले निधन भएका विद्यार्थी आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि गरेको छ ।