सुजुकीको काठमाडौंमा स्थापना भएको पहिलो आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ।
हाल जोरपाटी, दक्षिणढोकामा सञ्चालनमा रहेको अटो एभको वार्षिकोत्सव समारोहमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले संस्थाको निरन्तर सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनका लागि शुभकामना दिए।
सुजुकी गाडीका लागि नेपालका आधिकारिक वितरक सिजी मोटोकर्पका नेसनल सर्भिस हेड सरोज खड्का, मार्केटिङ म्यानेजर सजल श्रेष्ठ, डिलर इन्चार्ज अभिषेक ठाकुरलगायतले अटो एभलाई बधाई दिंदै उत्कृष्ट सेवाको सराहना गरे।
उनीहरूले सर्भिस सेन्टरमा उपलब्ध अत्याधुनिक ह्विल एलाइनमेन्ट, डाइग्नोस्टिक टुल्स, दक्ष प्राविधिक र गुणस्तरीय सेवाका कारण ग्राहकको विश्वास जित्न सफल भएको बताए।
२०६६ सालमा मित्रपार्कबाट सेवा सुरु गरेको अटो एभ करिब नौ महिना अघि जोरपाटी, दक्षिणढोकामा स्थानान्तरण भएको हो।
११ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो सर्भिस सेन्टर अत्याधुनिक उपकरण, दक्ष टोली र सुविधासम्पन्न संरचनाले सुसज्जित छ।
अटो एभमा सुजुकी गाडीका जेन्युइन पार्ट्सको छुट्टै आउटलेट पनि सञ्चालनमा छ, जसबाट ग्राहकले उचित मूल्यमा स्पेयर पार्ट्स खरिद गर्न सक्छन्।
उत्कृष्ट सेवाका लागि अटो एभले सिजी मोटोकर्पबाट पटक–पटक सम्मान पाएको छ।
सर्भिस, मर्मतसम्भार र सुजुकी गाडीका सम्पूर्ण समस्याको समाधान एउटै छानामुनि उपलब्ध गराउनु अटो एभको मुख्य बल हो।
अटो एभले समय–समयमा सर्भिस क्याम्प र फ्रि–चेकअप कार्यक्रम सञ्चालन गरी ग्राहकलाई थप सुविधा पनि प्रदान गर्दै आएको छ।