दिपल इटहरीमा नयाँ सोरुम

नेपालको अग्रणी लक्जरी इभी ब्रान्ड दिपलले कोशी प्रदेशको प्रमुख बजार इटहरीमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ।

सो अवसरमा चार दिन लामो विशेष टेस्ट–ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम पनि सुरु भएको छ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया तथा सर्ब मोटर्सका उत्कृष्ट भट्टराई र राधा ढकालले संयुक्त रूपमा सोरुम उद्घाटन गरेका हुन्।

भाद्र २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक इभी मोडेल—एस०७ आईसीए, एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी ई०७, अल्ट्रा–प्रीमियम अवतार ११ र केही साताअघि चर्चामा आएको दिपल एस०५ समेत टेस्ट–ड्राइभ गर्न सकिनेछ।

ग्राहकले एक्सचेन्ज योजनामा चारवटा रिकन्डिसन हाउसबाट पुरानो गाडीको उत्कृष्ट मूल्यांकन, केही मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स, इन्स्योरेन्स तथा ट्राभल चार्जर पाउनेछन्।

प्रदर्शनीमा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि राखिएका छन्, जसले एआई र अटोमेसनमा चांगानको अग्रगामी दृष्टिको अनुभव दिलाउँछ।

दिपल एस०५ का मुख्य विशेषता

  • संसारकै अग्रणी ब्याट्री निर्माता CATL को गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० (५,००० चार्जिङ साइकल/६ लाख किमी लाइफस्पान)

  • ३०–८०% चार्ज १५ मिनेटमा, -२०°C मा १५% भन्दा कम रेन्ज लस

  • ६ kW V2L पावर सप्लाइ

  • फ्रन्ट सिट भेन्टिलेटेड, हिटेड र वेलकमिंग; ‘क्विन कोपाइलट सिट’सहित जिरो–ग्राभिटी, लेग–सपोर्ट, वन–टच न्याप मोड

  • रिमोट इन/आउट पार्किङ सुविधा, साँघुरो ठाउँमा सजिलो पार्किङ

  • अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले (लाइभ नेभिगेसनसहित)

  • १४.४’’ सनफ्लावर टचस्क्रिन, इन्टरनेट कनेक्टिभिटी, स्पटिफाइ, युट्युब, अमेजन म्युजिक

  • स्मार्टफोनमार्फत एसी कन्ट्रोल, चार्जिङ सेड्युल, लोकेसन ट्र्याक

यस मोडेलले लक्जरी, स्टाइल र प्रगतिशील प्रविधिका कारण छोटो समयमै नेपाली बजारमा उल्लेखनीय सफलता पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *