Skip to content
चिनियाँ टेक कम्पनी शाओमीले इलेक्ट्रिक सवारी साधन बजारमा आफ्नो पकड बलियो बनाउँदै लगातार दोस्रो महिना ३०,००० युनिटभन्दा बढी गाडी बिक्री गरेको छ।
कम्पनीले २०२५ को अगस्टमा ३०,००० भन्दा बढी गाडीहरू डेलिभरी गरेको हो।
यसभन्दा पहिले जुलाई महिनामा पनि कम्पनीले ३०,४५२ युनिट सवारी साधनहरू बिक्री गरेको थियो।
यो बिक्रीमा हालै सार्वजनिक भएका शाओमी एसयू७, एसयू७ अल्ट्रा र वाईयू७ जस्ता मोडलहरूको योगदान रहेको छ।
शाओमीले इलेक्ट्रिक सवारी साधन बजारमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै चीनको प्रतिस्पर्धी बजारमा सफल प्रदर्शन गरिरहेको छ।
Post Views: 113