चेरीले क्युयु ३ ईभी सार्वजनिक गर्यो

चिनियाँ अटो निर्माता चेरीले आफ्नो बहुप्रतीक्षित क्युयु सिरिजको पुनरागमन गर्दै नयाँ चेरी क्युयु ३ इभी सार्वजनिक गरेको छ।

सन् २०२५ को चेंगदु अटो शोमा डेब्यू भएको यो गाडीले यसअघि नै बजारमा चर्चित भइसकेको जिली जियोमी सिङयुआन इलेक्ट्रिक ह्याचब्याकलाई प्रत्यक्ष टक्कर दिने अपेक्षा गरिएको छ।

विरासत र पुनरुत्थान

चेरीको क्यूक्यु सिरिजको इतिहास सन् २००३ मा सुरु भएको थियो, जब यसलाई ‘युवाहरूको पहिलो कार’ को रूपमा बजारमा ल्याइएको थियो।

आफ्नो आकर्षक डिजाइन र सस्तो मूल्यका कारण यो गाडी निकै लोकप्रिय भएको थियो, जसले गर्दा सन् २०११ सम्ममा यसको बिक्री १० लाख युनिटभन्दा बढी पुगेको थियो।

यद्यपि, बढ्दो प्रतिस्पर्धाका कारण सन् २०१४ मा यसको उत्पादन बन्द गरिएको थियो।

सन् २०२५ को अप्रिलमा चेरीले शंघाई अटो शोमा नयाँ कन्सेप्ट कारको साथ यस सिरिजलाई फेरि ब्युँताउने घोषणा गरेको थियो।

अहिले सार्वजनिक भएको क्यूक्यु ३ इभी सोही योजनाको हिस्सा हो।

डिजाइन र विशेषता

नयाँ क्यूक्यु ३ इभीलाई चेरीको नयाँ टी १२ इलेक्ट्रिक प्लेटफर्ममा बनाइएको छ।

यसको बाहिरी डिजाइनले गोलाकार आकार र ओभल आकारको हेडलाइट्सलाई प्राथमिकता दिएको छ, जसमा दुई तेर्सो डेटाइम रनिङ लाइट स्ट्रिप्स पनि जोडिएका छन्।

यसको स्लिम र आकर्षक प्रोफाइलले नयाँ क्यूक्यु सिरिजको डिजाइन भाषालाई प्रतिबिम्बित गर्दछ।

भित्रपट्टि, यो गाडीमा आधुनिक प्रविधि र आरामदायी सुविधा समावेश गरिएको छ।

यसमा क्वालकम ८१५५ चिप द्वारा संचालित १५.६ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल डिस्प्ले र एआई भ्वाइस असिस्टेन्ट लगायतका स्मार्ट फिचरहरू रहेका छन्।

अन्य विशेषताहरूमा ५० वाटको एयर-कुल्ड वायरलेस चार्जिङ, फ्रन्ट सिटका लागि भेन्टिलेसन र तातो स्टेयरिङ ह्विल पनि समावेश छ।

  • यो गाडी १२२ अश्वशक्तिको इलेक्ट्रिक मोटर बाट चल्छ जुन पछाडिको एक्सलमा माउन्ट गरिएको छ।

  • यसको ह्विलबेस २.७ मिटर र लम्बाइ ४.२ मिटर छ।

बजार र प्रतिस्पर्धा

चेरी क्यूक्यु ३ इभीको आधिकारिक ब्याट्री क्षमता र मूल्य अझै घोषणा गरिएको छैन, तर यसको सुरुवाती मूल्य लगभग १४,००० युरो हुने अनुमान गरिएको छ।

यसको उत्पादन सन् २०२६ को पहिलो आधामा सुरु हुने र मुख्य रूपमा जिली जियोमी सिङयुआन ईभीसँग प्रतिस्पर्धा गर्नेछ।

चेरीले यो नयाँ मोडलमार्फत चीनको सानो इलेक्ट्रिक कार बजारमा आफ्नो पकड बलियो बनाउने लक्ष्य राखेको छ।

यसले ग्राहकहरूलाई किफायती मूल्यमा आधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *