मस्ताङबाट डोल्पा यात्रा

तीन साहसी बाइक यात्री—विजय श्रेष्ठ, बिकेश श्रेष्ठ र धिरज बस्नेत—मस्ताङ मार्ग हुँदै उच्च जोखिमयुक्त धुकुङ पास (५,५०० मिटर) पार गरी उच्‍च डोल्पा पुग्न सफल भएका छन्।

यो यात्रा उनीहरूको धैर्यता, क्षमता र साहसको वास्तविक परीक्षा साबित भएको छ।

यात्रा दौरानको दृश्य र अनुभव क्यामेरा टोली—अमन श्रेष्ठ, नविन मानन्धर र संजीव बिस्वकर्माले कैद गरेका छन्।

उनले साहसिक यात्रालाई दृष्यात्मक रूपमा उजागर गर्दै बाइक प्रेमी र साहसिक खेलप्रेमीहरूको लागि प्रेरणाको स्रोत बनेका छन्।

सोशल मिडियामा पोष्ट भएलगत्तै यो यात्रा साहस र उत्साहको प्रतीकको रूपमा फैलिएको छ।

यस उपलब्धिले नेपालका दुर्गम क्षेत्रको सुन्दरता, कठिन भूगोलमा अन्वेषण गर्ने चुनौती र साहसिक यात्राको महत्वलाई झल्काउँछ।

यात्रुले देखाएका साहस र मेहनतले युवा तथा साहसिक खेलप्रेमीहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *