भारतको ईभी संसारभर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा बनेको मारुती सुजुकीको नयाँ इलेक्ट्रिक कार ‘ई-भीटारा’ को निर्यात सुरु गरेका छन्। अब यो गाडी १०० भन्दा बढी देशहरूमा बिक्री हुने भएको छ।

सोही अवसरमा मोदीले हाइब्रिड ब्याट्री प्लान्ट पनि उद्घाटन गरे। यसलाई आत्मनिर्भर भारततर्फको ठूलो कदम मानिएको छ।

यो गाडी जर्मनी, नर्वे, फ्रान्स, इटाली, अस्ट्रेलिया लगायतका देशमा पठाइनेछ। ई-भीटारामा ४० र ६१ किलोवाट घण्टा क्षमताको ब्याट्री जस्ता आधुनिक प्रविधि प्रयोग गरिएको छ।

गत वर्ष युरोपमा लन्च गरिएको यो गाडी यसवर्ष नेपालमा भएको नाडा अटो शो मा पनि देखाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *