भारतले इलेक्ट्रिक कार निर्यात शुरू

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार गुजरातको हंसलपुरमा मारुती सुजुकीको पहिलो पूर्ण इलेक्ट्रिक कार ‘ईभीएक्स’ को निर्यातका लागि उद्घाटन गरे।

यो गाडी पूर्ण रूपमा भारतमा उत्पादन गरिएको हो र युरोप, जापान लगायत १०० भन्दा बढी देशमा पठाइनेछ।

प्रधानमन्त्री मोदीले कार्यक्रममा ‘मेक इन इन्डिया’ अभियानमा नयाँ अध्याय थपिएको बताए र विदेशमा चल्ने इलेक्ट्रिक गाडीहरूमा पनि ‘मेड इन इन्डिया’ लेखिने जानकारी दिए।

उनले भने, चाहे लगानी डलर, पाउन्ड वा अन्य मुद्रा होस्, यसबाट उत्पादन हुने पसिनामा भारतीय माटोको सुगन्ध हुनेछ।

मोदीले सबै राज्यलाई अवसरको फाइदा उठाउन र लगानीकर्ताबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्न आह्वान पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *