व्यवसायीले विरोध गरे इम्बोस्ड नम्बर

सरकारले असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गर्दा यातायात व्यवसायीहरू असन्तुष्ट भएका छन्।

सार्वजनिक यातायात कन्द्रीय महासंघ नेपालले यस निर्णयमा संशोधन र सुधार नगरी लागू गरे व्यवसायीहरूले इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा गरेको छ।

महासंघका महासचिव भरत नेपालले भनेका छन् कि छलफलमा देखिएका अव्यवहारिक विषयहरू सुधार नगरी लागू गर्दा सार्वजनिक, पर्यटन, ढुवानी र निजी सवारी साधनमा व्यवसायीलाई अतिरिक्त आर्थिक भार पर्नेछ।

साथै सुरक्षा खतराहरू बढ्ने, नेपाली गोपनीयता विदेशी नियन्त्रणमा जाने र राष्ट्र कमजोर हुने चिन्ता व्यवसायीहरूको छ।

यातायात व्यवसायीहरूले सरकारको निर्णयलाई एकपक्षीय र विदेशी ठेकेदारसँगको सहकार्यमा गरिएको ठहर गर्दै नागरिक समाज, सञ्चार, कानूनी क्षेत्र र सबै यातायात व्यवसायीलाई सचेत रहन आग्रह गरेका छन्।

उनीहरूले भनेका छन् कि व्यवसायीको हित विपरित र व्यवहारिक नभएको निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *