Skip to content
नेपाली बजारमा टाटाको पन्च ईभी (विद्युतीय कार) को माग दिनानुदिन बढ्दै गएको छ।
सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२४ मा यो गाडी सार्वजनिक गरेको थियो र एक वर्षभित्र १,००० भन्दा बढी बिक्री भइसकेको छ।
भृकुटीमण्डपमा जारी नाडा अटो शोमा पनि पन्च ईभी प्रदर्शनमा राखिएको छ।
ग्राहकलाई आकर्षित गर्न कम्पनीले अटो शोमा गाडी बुक गर्नेहरूका लागि ‘लाइफ टाइम चार्जिङ’ शुल्क निःशुल्क दिने अफर पनि राखेको छ।
कम्पनीका अनुसार, पन्च ईभीले अटो शोमा निकै सकारात्मक प्रतिक्रिया पाएको छ र बजारमा यसको लोकप्रियता बढ्दै जाने देखिन्छ।
Post Views: 167