काठमाडौं, भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा बिहीबार आयोजित अन्तरक्रियामा सरोकारवालाहरूले अटोमोबाइल क्षेत्रको दीर्घकालीन विकासका लागि स्थिर ऋण नीति आवश्यक भएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका कृष्ण दुलाल, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सबैभन्दा छिटो र सुरक्षित ऋण प्रवाह हुने क्षेत्र अटोमोबाइल भएको बताए।
उनले भने—आजसम्म दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह भइसकेको छ भने हायर पर्चेज कम्पनीहरूले मात्र करिब २६ अर्ब रुपैयाँ लगानी गरिसकेका छन्।
लक्ष्य स्थापनाका लागि ऋण प्रवाहमा निरन्तरता र वित्तीय स्थिरता अपरिहार्य रहेको कुरामा उनीहरूको जोड रहेको छ।