नयाँ Hero XPulse 210 खुलासा

भदौ ३ गतेदेखि प्रारम्भ हुने नाडा अटो शो २०२५ मा Hero ब्राण्डको नयाँ बाइक XPulse 210 पहिलो पटक देख्न पाइने भएको छ।

यो बाइक Hero को आधिकारिक विक्रेता सीजी मोटर्सले नेपाली बजारमा ल्याइसकेको र प्रदर्शनको लागि अटो शोमा ल्याउने भएको हो।

XPulse 210 मा 210cc क्षमता भएको 4-स्ट्रोक, 4-वॉल्व, DOHC (ड्यूल ओभरहेड कम) एकल सिलिन्डर लिक्विड-कूल्ड इन्जिन रहेको छ, जसले 9,250 RPM मा 24.7 HP7,250 RPM मा 20.7 Nm टर्क उत्पादन गर्न सक्षम छ।

यो बाइकमा स्लिपर क्लच, 6-गियर गियरबक्स, गोलाकार LED हेडलाइट, ट्यूबलर ह्यान्डबार, र सिंगल-पिस सीट जस्ता डिजाइन सुविधाहरू छन्।

साथै यसमा 4.2 इन्च TFT डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी, र आधुनिक LED लाइटिङ सिस्टम दिइएको छ।

सुरक्षाको लागि यो बाइकमा ड्यूल-च्यानल ABS, अगाडि तथा पछाडि डिस्क ब्रेक, 21 इन्च अगाडि र 18 इन्च पछाडि स्पोक (Tubeless) टायरहरू प्रयोग गरिएको छ।

ईन्धन क्षमताको हिसाबले यो बाइकले प्रति लिटर करिब 38 किमी माइलेज दिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *