साइमेक्स इंक प्रा. लि., नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता,ले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउन पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ।
यससँगै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ पनि सार्वजनिक गरिएको छ।
पोखरा महानगरका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रका सरोकारवाला, सञ्चारकर्मी र बीवाईडीका प्रशंसकहरूको उपस्थिति थियो।
बुद्धचोकस्थित शोरूम १२,८४५ वर्ग फिट क्षेत्रफलमा फैलिएको छ र बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी मापदण्डअनुसार तयार पारिएको छ।
यसमा बिक्री, सर्भिस र स्पेयर (३एस) सुविधा एकै स्थानमा उपलब्ध छ।
शोरूमको पछाडि निर्माणाधीन अत्याधुनिक सर्भिस सेन्टरले बिक्रीपछिको सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउनेछ।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार, पोखरा उनीहरूको दीर्घकालीन व्यापार रणनीतिमा महत्वपूर्ण बजार हो, र सिलायन ७ मार्फत नेपालमा दिगो यातायातको रूपान्तरणलाई अघि बढाउने लक्ष्य राखिएको छ।
पोखराका बीवाईडी सर्भिस कर्मचारीहरू बीवाईडी हेडक्वाटरका प्रतिनिधिबाट तालिमप्राप्त र प्रमाणित छन्, जसले ग्राहकलाई उत्कृष्ट सेवा सुनिश्चित गर्नेछ।
यो विस्तारले गण्डकी प्रदेशमा बीवाईडीको उपस्थितिलाई थप बलियो बनाएको छ।