Skip to content
कावासाकीले आफ्नो अफ-रोड बाइक २०२६ कावासाकी केएलएक्स२३०आर एस (Kawasaki KLX230R S) को भारतमा नै उत्पादन सुरु गरी लन्च गरेको छ।
यसको सुरुवाती एक्स-शोरुम मूल्य भारु ₹१.९४ लाख तोकिएको छ।
लागत घटाउनका लागि कम्पनीले यसको लगभग ९५% पार्ट्स भारतमा नै उत्पादन गरेको छ।
यसको अन्तर्राष्ट्रिय मोडलमा एलुमिनियमको चेसिस प्रयोग गरिएको छ भने भारतमा बनेको मोडलमा हाई-टेन्साइल स्टिलको फ्रेम र स्विङआर्म प्रयोग गरिएको छ।
यसले गर्दा बाइकको तौल अन्तर्राष्ट्रिय मोडलभन्दा १४ केजी बढी छ।
इन्जिन र फिचर:
-
यसमा २३३ सीसीको एयर-कुल्ड, फ्युल-इन्जेक्टेड, सिंगल-सिलिन्डर इन्जिन छ, जसले १९.५७ बीएचपीको पावर र २०.६ एनएमको टर्क उत्पादन गर्छ।
-
यसको तौल १२९ केजी छ।
-
यसमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्क, लिंक-टाइप मोनोशक रियर सस्पेन्सन र २७० एमएमको ग्राउन्ड क्लियरेन्स छ।
-
सिटको उचाइ ९०० एमएम छ।
यसको भारतीय एक्स-शोरुम मूल्य भारु ₹१.९४ लाख लाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यो करिब रु. ३.१० लाख हुन आउँछ।
Post Views: 532