ग्रेट वाल मोटर्स (GWM) नेपालले पहिलोपटक NAIMA Mobility Expo 2025 मा आफ्नो विश्वप्रसिद्ध TANK ब्रान्ड नेपालमा सार्वजनिक गरेको छ।
यसअन्तर्गत लक्जरी अफ–रोड SUVहरू TANK 300 (५ सिटर HEV) र TANK 500 (७ सिटर PHEV) प्रस्तुत गरिएका छन्।
यी दुबैमा २.० लिटर टर्बो पेट्रोल इन्जिन, HEV मा ३५१ PS पावर र ६४८ NM टर्क, PHEV मा ४०८ PS पावर र ७५० NM टर्कसहित ९-स्पिड अटोमेटिक ट्रान्समिसन (HI4-T) दिइएको छ।
प्रारम्भिक मूल्य:
TANK 300 HEV — रु १,५९,९९,०००
TANK 500 PHEV — रु २,१५,९९,०००
ट्यांक सिरिज अफ–रोड क्षमतासँगै लक्जरी र नवीन प्रविधिको प्रतीक मानिन्छ, जसले शहरदेखि हिमाली बाटासम्मको यात्रामा नयाँ अनुभव दिने उद्देश्य राखेको छ।