लक्ष्मी ई-मोबिलिटीले चीनको उदयीमान इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’ (Forthing) लाई नेपाली बजारमा भित्र्याउने घोषणा गरेको छ।
फोर्थिङको पहिलो मोडल साउन २१ देखि २५ गतेसम्म (नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघको) नाइमा अटो प्रदर्शनी २०२५ मा काठमाडौंको भृकुटीमण्डपमा लन्च गरिनेछ।
लक्ष्मी ग्रुप, जसले हुन्डाई, बीएमडब्लु, कायी, एसएमएल इसुजु जस्ता ब्रान्डका गाडी र अटो पार्ट्स पनि बिक्री गर्दै आएको छ, अब आफ्नो पोर्टफोलियोमा चिनियाँ ब्रान्ड फोर्थिङलाई थप गरेको छ।
कम्पनीले फोर्थिङ गाडी विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको दाबी गरेको छ।
यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकलाई आकर्षित गर्ने विश्वास कम्पनीको छ।
यो गाडी नाइमा अटो शोमा स्टल नम्बर ए४ मा हेर्न सकिनेछ। यसमा ६४.४ किलोवाटआवरको ब्याट्री र ९९ किलोवाट मोटर पावर रहेको छ।
कम्पनीका अनुसार यो गाडीले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्छ।
पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले यो गाडीमा यात्रा गर्नेहरूलाई सहज र छरितो ड्राइभिङ अनुभव प्रदान गर्नेछ।
लक्ष्मी ई-मोबिलिटीले फोर्थिङ गाडीलाई भविष्यको मोबिलिटीप्रतिको आफ्नो दृष्टिकोणको रूपमा प्रस्तुत गरेको छ।
फोर्थिङसँगको सहकार्यमार्फत लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा अत्याधुनिक र वातावरणमैत्री सवारीसाधन पुर्याउने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको जनाएको छ।