टोयोटाको ‘मेगा अफर’

नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेट (UTS) ले विशेष अफर ल्याएको छ।

साउन २१ गतेदेखि २५ गतेसम्म (अगस्त ६–१०) भृकुटीमण्डप, काठमाडौं मा आयोजना हुने उक्त एक्स्पोमा ‘टोयोटा मेगा अफर’ प्रस्तुत गरिने भएको छ।

यस अफर अन्तर्गत, एक्स्पो अवधिभर टोयोटाको नयाँ सवारी बुक गर्ने ग्राहकहरूले विशेष छूट (Mega Discount), प्ल्याटिनम कार्ड, र जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवा (Lifetime Free Pick-up and Drop Service) प्राप्त गर्नेछन्।

एक्स्पोमा टोयोटाका तीन चर्चित मोडलहरू Yaris Cross Hybrid Electric, Land Cruiser 250 प्रदर्शनीमा राखिनेछन् ।

त्यस्तै, स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

महत्वपूर्ण: यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सवारी बुक गर्ने ग्राहकहरूका लागि मात्र लागू हुनेछ ।

टोयोटाको यो अफरले ग्राहकहरूलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *