इन्टर मिलानसँग बीवाईडीको साझेदारी

विश्वप्रसिद्ध विद्युतीय सवारी कम्पनी बीवाईडी समूहले इटालियन फुटबल क्लब इन्टर मिलानसँग तीन वर्षे रणनीतिक साझेदारी घोषणा गरेको छ।

यस अन्तर्गत बीवाईडी इन्टरको ग्लोबल अटोमोटिभ पार्टनर बन्नेछ।

यस साझेदारीलाई सवारी तथा फुटबल क्षेत्रको महत्वपूर्ण सहकार्य मानिएको छ।

बीवाईडीले क्लबलाई ७० वटा सवारी साधन उपलब्ध गराउनेछ, जसमा प्रमुख ‘सेलियन ७’ को इन्टर संस्करण पनि रहनेछ।

बीवाईडीले आफ्नो विद्युतीय र हाइब्रिड सवारी साधनमार्फत इन्टरको व्यवस्थापन, प्रशिक्षक, खेलाडीलाई सेवा दिनेछ। साथै, इन्टर फ्यानहरूका लागि विशेष अफर र कार्यक्रम ल्याइनेछ।

यो साझेदारीले बीवाईडीको अन्तर्राष्ट्रिय रणनीति र युरोपेली बजार विस्तारलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *