बतास एमएडब्लु कमर्सियल भेहिकल्स (BMCV) ले मलेसियामा आयोजित Volvo Eicher Commercial Vehicles (VECV) को अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा “दक्षिण एशियाको उत्कृष्ट वितरक” अवार्ड जितेको छ।
यो सम्मान जुलाई १६ देखि २० सम्म भएको कार्यक्रममा VECV का प्रबन्ध निर्देशक विनोद अग्रवाल बाट प्रदान गरिएको थियो।
नेपालबाट MAW इन्टरप्राइजका उपाध्यक्ष हेमन्त पुराणिक र बतास एमडी शान्त बतास ले पुरस्कार ग्रहण गरेका हुन्।
यो अवार्ड बिक्री, सेवा, वृद्धि, बजार हिस्सा जस्ता विभिन्न सूचकहरूमा आधारित मूल्याङ्कनपछि दिइएको हो। BMCV ले नेपालमा Volvo Eicher का गाडीहरू बिक्री, वितरण र सेवा गर्दै आइरहेको छ।
पछिल्लो वर्षमा कम्पनीको प्रदर्शन दोब्बर भएको छ, र यो नेपालमा सबैभन्दा छिटो वृद्धि गर्ने कमर्सियल भेहिकल ब्रान्ड बनेको छ।
Volvo Eicher का साना, मझौला र ठूला सवारीसाधनहरू नेपालका लागि उपयुक्त छन्।
हालै सार्वजनिक गरिएको लक्जरी “Majestic Coach” पनि नेपाली बजारमा निकै लोकप्रिय भएको छ।
BMCV ले निकट भविष्यमा नेपालकै नम्बर १ ब्रान्ड बन्ने लक्ष्य लिएको छ।
उपाध्यक्ष हेमन्त पुराणिक ले यो सफलताको श्रेय टीमको मेहनत, बोर्डको समर्थन, ग्राहकको विश्वास र VECV सँगको सहकार्यलाई दिएको बताएका छन्।