एक्सपेङ्गका ८ लाख गाडी बिक्री

चिनियाँ विद्युतीय सवारीसाधन निर्माता एक्सपेङ्ग (Xpeng) ले विश्वव्यापी रूपमा आफ्नो उल्लेखनीय सफलता हासिल गरेको छ।

कम्पनीले २०८२ असार २७ गते (जुलाई ११, २०२५) सम्ममा विश्वभर ८ लाखभन्दा बढी गाडीहरू सफलतापूर्वक डेलिभर गरिसकेको छ।

जुन २०२५ मा मात्रै कम्पनीले ३४,६११ वटा गाडीहरू बिक्री गरेको थियो।

एक्सपेङ्गको नेपालमा पनि बलियो उपस्थिति छ, जहाँ यसका जी६ (G6), जी९ (G9), र जी७ (G7) मोडलहरूले आफ्नो प्रविधि, प्रिमियम डिजाइन र उच्च प्रदर्शनका कारण राम्रो प्रदर्शन गरिरहेका छन्।

कम्पनीले सन् २०२५ सम्ममा विश्वभर ३ लाख ८० हजार गाडीहरू डेलिभर गर्ने र ६० वटा देशहरूमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *