गुडिरहेको कारमा ढुङ्गा खस्यो

मुग्लिन–नारायणगढ सडक खण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक मुग्लिन तर्फ जाँदै गरेको युपी–८० जिपी २९२८ नम्बरको भारतीय कारमा ढुङ्गा खसेर लागेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा कार चालक भारत घर भएका ४२ वर्षीय रतेन्द्र यादव, कारमा सवार ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव छन् ।

उनीहरूको मुग्लिन स्थित जनता अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *