वायुसेवा निगमले तिर्‍यो असार मसान्तसम्मको किस्ता

नेपाल वायुसेवा निगमले असार मसान्तसम्मको ऋणको किस्ता भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ताबापत कुल ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको निगमले उल्लेख गरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । यसमध्ये न्यारो बडी जहाजको पूरै र न्यारो बडी जहाजको आंशिक किस्ता तिरेको निगमले जनाएको छ ।

अहिलेसम्म साँवाब्याज गरी निगमले ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार रुपैयाँ तिरिसकेको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *