Embark UnMath Pvt. Ltd. ले आज कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै “Entrepreneurial Math” नामक विशेष कार्यक्रम सफलतापूर्वक सञ्चालनमा ल्याएको घोषणा गरेको छ।
एक वर्षे यो कार्यक्रमले पारम्परिक गणित शिक्षालाई व्यवसायिक सीपमा रूपान्तरण गर्दैछ।
कार्यक्रमको उद्देश्य विद्यार्थीलाई गणित सिकाउँदै आफ्नै व्यवसाय सुरु गर्न सक्ने ज्ञान र आत्मविश्वास दिने हो।
यसले शिक्षा र व्यवहारिक ज्ञानबीचको खाडल पूर्ति गर्ने विश्वास लिइएको छ।
संस्थापक दिवेश बठिजा ले भने: “हामी केवल गणित पढाइरहेका छैनौं, हामी विद्यार्थीलाई देखाइरहेका छौं कि संख्या कसरी व्यापारिक निर्णयको आधार बन्छ। उनीहरूले आर्थिक योजना, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा व्याख्याजस्ता विषय सिक्नेछन्।”
कार्यक्रम विशेषता:
६ पटक स्कूल भ्रमणसहित स्टार्टअप सोचदेखि व्यापार योजना सम्मको सिकाइ
डिसेम्बर २०२५ मा Embark College मा आयोजना हुने Start Up Fest मा आफ्ना उत्पादन सार्वजनिक गर्ने अवसर
Sanskriti International School, Euro School Hattigauda र Alok Vidyashram ले कार्यक्रम लागू गरी उत्कृष्ट परिणाम देखाएका छन्
Embark UnMath Pvt. Ltd. ले व्यवहारिक शिक्षा र नवप्रवर्तनयुक्त सिकाइ पद्धति अपनाउँदै नेपाललाई शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा रुचि भएका विद्यालयहरूले +977 9707087944 वा sales@embarkunmath.com मा सम्पर्क गर्न सक्नेछन्।