Skip to content
जुम्लामा पहिलोपटक विद्युतीय सवारीसाधन भित्र्याउँदै, दिगो ग्रुप अफ कम्पनीजले ९ वटा DFSK Danfe विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको छ।
यससँगै जुम्लाको छोटो दूरीका सार्वजनिक रुटमा स्वच्छ, शान्त र किफायती यात्राको नयाँ युग सुरु भएको छ।
विद्युतीय सवारी प्रयोगले स्थानीय वायु प्रदूषण कम गर्ने र इन्धनमा निर्भरता घटाउने विश्वास गरिएको छ।
यात्रुलाई सहज चार्जिङ सुविधा उपलब्ध गराउन दिगोले ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गरिरहेको छ।
साथै, बसपार्क, नाग्मा बजार र नाग्मा–गमगढी सडकको गोठिज्युला क्षेत्रमा थप चार्जिङ स्टेसन निर्माण गरिनेछ।
दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने, “जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्याउनु गर्वको कुरा हो।
यसले विद्युतीय सवारीको क्षमता प्रमाणित गरेको छ र देशभर विस्तार गर्ने हाम्रो योजनालाई थप बल मिलेको छ।”
‘मिसन जेरो एमिसन’ अन्तर्गत दिगोले सवारीसाधनको बिक्री, सेवा, पार्ट्स, लिजिङ, चार्जिङ पूर्वाधार र राजमार्गमा रेस्ट स्टपको सुविधा प्रदान गर्दै आएको छ।
स्वच्छ ऊर्जा र प्रविधिमा आधारित सेवा विस्तारमार्फत दिगोले नेपाललाई हरित र आत्मनिर्भर भविष्यतर्फ डोर्याउने लक्ष्य लिएको छ।
Post Views: 486