Skip to content
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड समयमा नबन्दा यात्रुहरूले लामो समयदेखि सास्ती खेपिरहेका छन्।
यो सडक खण्ड पटक–पटक अबरुद्ध हुने, पहिरो खस्ने, निर्माण ढिलाइ हुने र ट्राफिक जामका कारण बदनाम हुँदै गएको छ। वर्षात्को समयमा झनै स्थिति बिग्रिने गर्छ।
निर्माण कम्पनीको ढिलासुस्ती, कमजोर व्यवस्थापन र नियमित मर्मत नहुँदा साना समस्याले पनि ठूलो असर पार्ने गरेको छ।
यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसक्दा मानसिक तनाव र आर्थिक क्षति झेलिरहेका छन्।
स्थानीय र यात्रुले सरकारले समयमै गुणस्तरीय काम गर्नुपर्ने माग गर्दै आएका छन्।
Post Views: 147