कार्यक्रममा प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने बताए ।
त्यसक्रममा प्रधानमन्त्रीले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह समेत गरे ।
प्रधानमन्त्री ओली २ दिनदेखि झापा र इलामका कार्यक्रममा सहभागी भइरहेका छन् ।