चोरीका कारसहित दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चोरी पैठारी गरी ल्याएका दुईवटा कारसहित ट्राफिक प्रहरीले दुईजनालाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको छ।

बा१६च ३१३१ नम्बरको स्विफ्ट कारसहित रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौंको जोरपाटी बेँसीगाउँ बस्ने ४० वर्षीय धनबहादुर तामाङलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, शिवचोकबाट र  बा१६च ४० १७ नम्बरको स्विफ्ट कारसहित सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का ३९ वर्षीय मोहन लामालाई काठमाडौंको बौद्धबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा दुवै कार यातायात व्यवस्था कार्यालय एकान्तकुना र सम्बन्धित सुजुकी आधिकारिक कम्पनीमा समेत अभिलेखमा रहेको नदेखिएको हुँदा थप अनुसन्धान तथा कारबाहीको लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *