एयर इन्डिया दुर्घटनामा प्रश्न

भारतको अहमदाबादमा गत महिना भएको एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ।

वायुयान दुर्घटना अनुसन्धान ब्यूरो (AAIB) को प्रतिवेदनमा टेकअफको केही सेकेन्डमै दुबै इन्जिनमा इन्धन आपूर्ति बन्द हुनु दुर्घटनाको मुख्य कारण देखाइएको छ।

तर, ‘फ्युल कट अफ स्विच’ कसरी स्वतः ‘कट अफ’ मोडमा गयो भन्ने खुलाइएको छैन, जसले विज्ञहरूलाई शंका उठाएको छ।

ककपिट संवादअनुसार क्याप्टेनले को–पाइलटलाई स्विच अफ गरेको सोध्दा उनले अस्वीकार गरेका छन्।

विमानको विद्युत प्रणाली ठप्प भएपछि आपतकालीन टर्बाइन सक्रिय भएको उल्लेख छ।

विज्ञहरूले प्रतिवेदनमा प्रश्नभन्दा उत्तर कम भएको भन्दै आलोचना गरेका छन्, भने भारत सरकारले प्रतिवेदन पारदर्शी भएको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *