हेवाखोलामा डाइभर्सन ममर्तपछि यातायात सञ्चालनमा

मेची राजमार्गको पाँचथरस्थित हेवाखोलाको डाइभर्सन बाढीले बगाएपछि अवरुद्ध भएको यातायात १५ घण्टापछि सुचारु भएको छ।

लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि अवरुद्ध भएको यातायात पुनः सुचारु गरिएको हो।

फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा मंगलबार साँझ ६ बजे आएको बाढीले डाइभर्सनमा क्षति गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको थियो।

सडक डिभिजन कार्यालय इलाम, सुरक्षा निकाय र स्थानीयवासीहरूको प्रयासपछि बुधबार बिहान डाइभर्सन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको पाँचथर प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए।

मेची राजमार्ग सडक पाँचथरको हिलिहाङ, याङवरक तथा छिमेकी जिल्ला ताप्लेजुङसँग आवतजावत गर्ने मुख्य सडक हो।

खोलामा पटक-पटक बाढी आउँदा बेलिब्रिज बग्ने घटना भइरहेकाले अहिले डाइभर्सनमार्फत अस्थायी रूपमा सवारीसाधान सञ्चालन हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *