टिकटकको मनसुन बाढी सूचना

मनसुन बाढीको बेला टिकटकले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ।

यसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अपडेट जानकारीसम्म सजिलै पहुँच दिन्छ।

बाढीसम्बन्धी गलत खबर फैलिन नदिन र सुरक्षा सचेतना बढाउन यो सुविधा तयार पारिएको हो।

टिकटकमा बाढी अपडेट खोज्दा प्रयोगकर्ताले विश्वसनीय स्रोतहरूबाट सूचना भेरिफाइ गर्न सक्नेछन्।

यसमा राष्ट्रिय विपद् सूचना पोर्टल BIPAD, टिकटक सेफ्टी सेन्टर र पीडितलाई सहयोग गर्ने ट्र्याजिक ईभेन्ट सपोर्ट गाइड समावेश छ।

टिकटकले समयमै सही जानकारी दिने लक्ष्य राख्दै प्रयोगकर्तालाई सुरक्षित डिजिटल वातावरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

थप जानकारीका लागि टिकटकको सेफ्टी सेन्टर www.tiktok.com/safety मा जान सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *