मितेरी पुल बनाउन चीनलाई आग्रह गर्ने

रसुवास्थित नेपाल चीन जोडने मितेरी पुल निर्माण गर्न सरकारले चीनसँग आग्रह गर्ने भएको छ ।

विपद् कार्यकारी परिषद्ले यस्तो निर्णय गरेको हो ।

मंगलबार बसेको परिषद्को बैठकले पुल सञ्चालनका लागि चीनसँग औपचारिक अनुरोध गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले बताए ।

मितेरी पुल नेपाल–चीनबीचको रणनीतिक रूपमा महत्त्वपूर्ण नाका भएको रपुल क्षेत्रको सडक चीनकै सहयोगमा निर्माण भएकाले त्यसलाई पुनः सञ्चालनमा ल्याउन चीनसँग सहकार्यको अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *