भारतीय वायुसेनाको विमान दुर्घटना

राजंस्थानमा बुधवार प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ ।

राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिसनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो ।

भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत भनेको छ,’सामान्य प्रशिक्षणका क्रममा चूरू नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुवै पाइलटहरूले ज्यान गुमाउनुभएको छ ।

यस घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति भएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *