अब निजी सवारी साधनले पनि जाँचपास गर्नुपर्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदामा उक्त प्रस्ताव गरिएको हो ।

सरकारले अब निजी सवारी साधनले पनि अनिवार्य फिटनेस जाँच (प्राविधिक रूपमा चुस्त दुरुस्त छ/छैन) गराउनु पर्ने व्यवस्था गर्ने भएको छ ।

प्रस्तावित विधेयक अनुसार अब निजी सवारी साधन (दुईपाँग्रे बाहेक) ले सुरू दर्ता भएको मितिले ५ वर्षपछि प्रत्येक वर्ष एक पटक सवारी जाँचपास गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *