पहिरोमा परेर मोटरसाइकलचालकको मृत्यु

तिनाउँ गाउँपालिका–३, सिद्धबाबा मन्दिरनजिक मंगलबार गएको पहिरोमा परी एकजनाको मुत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकलचालक पाल्पा रामपुर नगरपालिका– ६, तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो।

मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती कल्पना चापागाईं घाइते छिन् ।

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनील मल्लले बताए ।

दिउँसो ४ बजेतिर माथिबाट पहिरो खसेर मोटरसइकलका चालकलाई लागेको र चालक उछिट्टिएर तिनाउ खोला किनारमा पुगेको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको हो प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *