पहिरोले बुटवल–नारायणगढ सडक अवरुद्ध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अविरल वर्षापछि झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

नारायणगढ–बुटवल सडक आयोजना कार्यालयका अनुसार दाउन्नेको खुर्साने खोला नजिकै मङ्गलबार राति पहिरो झरेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

निर्माणाधीन सडकखण्डअन्तर्गत दाउन्नेबाट बर्दघाटतर्फको खुर्साने खोला नजिकै सडक किनारबाट पहिरो झरेको छ ।

पहिरो झरेपछि बर्दघाटबाट पूर्वतर्फ जाने र दुम्कीबासबाट पश्चिमतर्फ आउने सवारीसाधन सडकमा रोकिएका छन् ।

आयोजनाले बुधबार बिहानैदेखि भत्किएको सडक मर्मतको काम सुरू गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *