ओमोडा, जेइको मनसुन क्याम्प!

नेपालमा ओमोडा र जेइको गाडीका लागि ‘मनसुन चेकअप क्याम्प’ सुरु भएको छ।

यी गाडीका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले असार २५ देखि २७ गतेसम्म (जुलाई १० देखि १२, २०२५) यो क्याम्प सञ्चालन गर्नेछन्।

मनसुन क्याम्पका मुख्य फाइदाहरू:

  • श्रम शुल्कमा १००% छुट: सर्भिसिङ र ब्रेक प्याड परिवर्तन गर्दा लाग्ने श्रम शुल्कमा पूर्ण छुट।

  • टप वासमा १००% छुट: गाडी धुन लाग्ने शुल्कमा पनि पूर्ण छुट।

  • सस्पेन्सन पार्टस परिवर्तनमा ५०% छुट: सस्पेन्सनका पार्टसहरू फेर्दा लाग्ने श्रम शुल्कमा ५०% छुट।

  • स्पेयर पार्टसमा १०% छुट: गाडीका स्पेयर पार्टस खरिद गर्दा १०% छुट।

यो ‘मनसुन चेकअप क्याम्प’ देशभरका सबै १२ वटा ओमोडा र जेइको सर्भिस सेन्टरहरूमा उपलब्ध हुनेछ।

यसले ग्राहकहरूलाई मनसुनमा गाडीको सुरक्षा र उत्कृष्ट कार्यसम्पादन सुनिश्चित गर्न मद्दत गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *